Categories समाचार

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानका १४० जना चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगन्ज । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ४० जना चिकित्सकले वृत्ति विकासको माग गर्दै सामूहिक राजीनामा दिएका छन्।

विगत ७ वर्षदेखि बढुवा रोकिएको जनाउँदै आन्दोलनमा रहेका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए।

Advertisement

सहप्राध्यापक डा. रिमालले चिकित्सकहरूको मागप्रति मन्त्री बस्नेत अनुदार देखिएपछि बुधबार राजीनामा दिएको बताए।

Advertisement

प्रतिष्ठानका पदाधिकारीबाट आफूहरूको मागप्रति सुनुवाइ नभएपछि आन्दोलनरत १७७ जना चिकित्सक मन्त्री बस्नेतलाई जानकारी गराउन काठमाडौंमा गएको उनको भनाइ छ। १७७ मध्ये १४० जनाले राजीनामा दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *