Categories समाचार स्वास्थ्य

नि:शुल्क आँखा शिविर सम्पन्न

Advertisement

असाेज २५

अमित अग्रवाल
वीरगन्ज ।
विश्व दृष्टि दिवसको अवसरमा जेष्ठ नागरिकहरुको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

Advertisement

नेपाल नेत्रज्योति संघ पर्सा शाखाको मुख्य आयोजना तथा केडिया आँखा अस्पतालको प्राबिधिक सहयोगमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो ।
बिहिबार बिहान ९ बजेदेखि शुरु भएको शिविरमा ३८ जनाले आँखा चेकजाँच गरिएका मध्य १३ जना मोतिबिन्दुका बिरामी भेटिएको शिविरमा सहभागी चिकित्सक अन्जली चौधरीले जानकारी गराईन ।

Advertisement

शिविरमा चेक जाँच गर्दा भेटिएका  मोतिबिन्दुका बिरामीहरुको रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा नि:शुल्क शल्यक्रिया गरिने आयोजक संस्थाले बनाउने कुरा संस्थाका सभापती भगवती प्रसाद चौधरीले बताउनु भयाे।

नेपाल नेत्रज्योति सघ पर्सा जिल्ला शाखाका सभापति भगवती प्रसाद चौधरीको सभापतित्वमा आयोजना भएको सो कार्यक्रमका प्रमुख अतिथि नेत्रज्योति संघका केन्द्रीय सदस्य श्याम कुमार पोखरेलले आँखा परिक्षण गराउन आएका नागरिकहरुलाइ  चेकजाच स्लिप हस्तान्तरण गरेर दृष्टि दिवसको शुभकामना व्यक्त गर्दै कार्यक्रम सुभारभ गर्नु भएको थियो ।

आँखा परिक्षण शिविरमा जेष्ठ नागरिकका पुर्वअध्यक्ष जगदीश प्रसाद शर्मा, नेपाल रेडक्रस प्रदेस २ का अध्यक्ष फुलमहम्मद मिया, महन्थ प्रसाद यादव, नेत्रज्योतिका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सन्तोष ज्यासवाल, उमेस गुप्ता, उदय राज शर्मा, श्रीमती मधुराणा, समिता दास, गणेश प्रसाद साह, उमेस कुमार गुप्ता, मधुसूदन उपाध्याय, सुनिता नेपाली, अन्जु श्रेष्ठ, सुरेन्द्र बहादुर रन्जितकार लगायतको उपस्थित रहेको थियो भने प्राबिधिक सहयोग अन्जली चौधरी, राजिव साह, चन्चल बाबू केवटले गर्नु भएको नेत्रज्योति सघका जिल्ला सदश्य राजन श्रीवास्तवले जानकारी गराए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *