Categories हाइलाइट-समाचार

कृषि औजार कारखाना सञ्चालनमा सरकार बाधक : प्रदीप यादव

Advertisement

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सरकारको लापरवाहीका कारण वीरगञ्जस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताएका छन् ।

सरकारले कृषि औजार कारखानाको जिम्मा समाजसेवी महावीर पुनलाई दिएपनि अनुदान वापतको रकम नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको यादवले बताएका हुन ।

Advertisement

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले भने, “वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुन: सूचारु गर्ने जिम्मा सरकारले समाजसेवी महावीर पुनलाई दिएको थियो । उहाँले आफ्नो टोलीसँग कारखाना सञ्चालनमा ल्याएर परीक्षण समेत गरिसकेका छन् । तर उनलाई सरकारले दिनुपर्ने २७ करोड रुपैयाँ नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

Advertisement

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले सरकारले घोषणा गरेको रकम महावीर पुन तत्काल उपलब्ध गराउन माग समेत गरे

त्यस्तै यादवले प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर निधन भएका नेपाली नागरिकहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरे । उनले इजरायलमा अझै पनि फसेका नागरिकहरूको उद्धार गरेर स्वदेश फिर्ता ल्याउनका निमित्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र परराष्ट्र मन्त्रीले देखाएको तदारुकताका लागि समेत आभार प्रकट गरे ।

यादवले डेङ्गु संक्रमणबाट अस्पतालमा उपचाररत उपराष्ट्रपति रामसहाय यादवको स्वास्थ्य लाभको कामना पनि गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *