Categories स्वास्थ्य

वीरगन्ज महानगरले आयोजना गरेको नि:शुल्क आँखा शिविरबाट ४ सय १४ जना लाभान्वित

Advertisement

अमित अग्रवाल

वीरगन्ज । विश्व दृष्टि दिवसको अवसरमा वीरगन्ज महानगरपालिकाले आयोजना गरेको नि:शुल्क आँखा शिविरबाट ४ सय १४ जना लाभान्वित भएका छन् ।

Advertisement

महानगर अन्तर्गतको स्वास्थ्य महाशाखाले श्री सिद्धार्थ माध्यमिक बिधालयमा आयोजना गरेको आँखा शिविरमा किरण आँखा अस्पतालका बहिरंग बिभाग संयोजक दिव्या गुप्ता, रुपा साह, अनिकेश यादव, सोनिया चौधरीको समुहले प्राबिधिक सहयोग गरेको थियो ।

Advertisement

“कार्यस्थलमा आँखालाई माया गरौं” नारा सहित मनाइएको दिवसमा आयोजना भएको शिविरमा चेकजाँच भएका मध्ये ५१ जनामा आँखाको समस्या देखिएको महाशाखाका संयोजक अनिल यादवले बताउनुभयो ।

महाशाखा सह संयोजक अनिशकान्त कुश्वाहाको अध्यक्ष्तामा भएको सो शिविरमा इन्दिरा लोहनी, बिधालयका प्रधानाध्यापक राजेश्वर पाण्डे, शिक्षिका रितु सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *