Categories समाचार

द्वन्द्वग्रस्त मुलुक इजरायलबाट उद्धार गरिएकालाई नेपाल ल्याइयो

Advertisement

काठमाडौँ । द्वन्द्वग्रस्त मुलुक इजरायलबाट उद्धार गरिएका नेपालीलाई नेपाल ल्याइएको छ । शुक्रवार बिहान करिब ३ बजे उनीहरु काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वयं बिहीबार इजरायल पुगेका थिए ।  इजरायलका विभिन्न स्थानबाट उद्धार गरिएका २५४ नेपालीलाई लिएर  फर्किएको विमान शुक्रबार बिहान काठमाडौँ अवतरण भएको हो । 

Advertisement

निगमको आरए २२९–२३५३ जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको टोलीले उठाएको थियो । 

Advertisement

विमानमा सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु छन् । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *