Categories समाचार

मृत्युको मुखबाट बचेका धनबहादुरले भने ‘धन्न बाँचे ।’

Advertisement

काठमाडौं । हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार विहान काठमाडौं आइपुगेका छन् ।

घर फर्किन चाहने नेपालीहरुलाई लिन सरकारले विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउदलाई पठाएको थियो । विमानमा धनबहादुरसहित २५४ जना आएका छन् ।

Advertisement

आक्रमणमा परेर घाइते भएका उनको इजरायलमै उपचार भएको थियो । ह्वील चियरमा राखेर ल्याइएका धनबहादुरले विमानस्थलमा मसिनो स्वरमा भने, ‘धन्न बाँचे ।’ साभार अनलाइन खबर

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *