Categories समाचार

फेसबूकमा चिनजान भएको युवकसँग भारत जान लागेकी ५ बालिकाको उद्धार, एक भारतीय पक्राउ

वीरगन्ज । बारामा प्रहरीले भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्धार गरी परिवारको जिम्मा लगाएको छ।

करैयामाई गाउँपालिका वडा नम्बर-१ बाट सोमबार एकाएक सम्पर्क विहीन भएका बालिकाहरुलाई वीरगन्जबाट फेला पारी बिहीबार परिवारको जिम्मा लगाइएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

Advertisement

गाउँबाट १३ वर्षीय बालीका १ जना, १४ वर्षीय बालीका २ जना र १६ वर्षीय बालीका २ जना गरी ५ बालिका एकैसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए।

Advertisement

एकै पटक पाँच/पाँच जना बालिका हराएको सूचना पाउन साथ खोज तलास गर्न परिचालन गरिएको प्रहरी टोली भारतको रक्सौलतर्फ जाने क्रममा वीरगन्जको आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट फेला पारी उद्धार गरिएको उपरीक्षक काफ्लेले जनाए।

बालिकाहरुलाई भारत लैजान लागेका भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुरका १८ वर्षीय कवि कुमार पाललाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका युवकसँग बालिकाहरुलाई भारतको कुन स्थानमा कसको योजनामा लैजान लागेको भन्नेबारे सोधपुछ भइरहेको र घटनाबारे थप अनुसन्धान चलिरहेको न्यौपानेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *