Categories समाचार

बाराबाट २९ केजी गाँजा बरामद

वीरगन्ज । बारा प्रहरीले महागढिमाइ नगरपालिकाबाट २९ केजी लागूऔषध गाँजा बरामद गरेको छ।

महागढीमाई नगरपालिका वडा नं. ६ स्थित प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा प्र २–०३–०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा गाँजा ल्याउँदै गरेका ब्यक्ति गाँजाको बोरा फालेर भागेका थिए।

Advertisement

मोटरसाइकललाई खोज्दै जाँदा माहागढिमाई नगरपालिकाकै वडा नं. ११ मधुरी टोलको बासँ घारीबाट उक्त मोटरसाइकल पनि बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

Advertisement

गाँजा नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *