Categories समाचार

एक दुई जना वडाअध्यक्षका कारण ३२ वटै वडाअध्यक्षहरुले सास्ति खेप्न परेको छ : वडाअध्यक्षहरु

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका वडाअध्यक्षहरुले कर्मचारी अभावमा वडाहरुमा सरसफाई अभियान प्रभावित भएको गुनासो गरेका छन् ।
एक महिनाप हिले महानगरपालिकाको कार्यालयले ३२ वटै वडाका साथै महानगरपालिकाको विभिन्न महाशाखा र शाखामा दैनिक ज्यालादारी र डोर हाजिरीमा कार्यरत सरसफाईकर्मी, ट्रयाक्टर चालक, कम्प्युटर अपरेटर, नगर प्रहरी लगायत ४ सय ५० भन्दा बढी कर्मचारीलाई सेवाबाट हटाई दिएको थियो ।

दैनिक ज्यालादारी र डोर हाजिरीमा कार्यरत कर्मचारीहरु हटाइदिँदा अहिले वडामा सरसफाई कार्य नै प्रभावित भएको र वडावासीबाट दिनहँु दुव्र्यवहार खेप्नु परिरहेको वडाअध्यक्षहरुको गुनासो छ । उनिहरुले कर्मचारीको अभावमा सेवा दिन नसक्दा वडावासीबाट व्यक्त भइरहेको आक्रोश थेग्न नसकिएकाले अब आफुहरुले नै वडा कार्यालयमा ताल्चा लगाएर महानगरपालिकाको कार्यालयमा धर्नामा बस्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

Advertisement

शुक्रबार बिहान गुनासो लिएर मेयर राजेशमान सिंहको कार्यकक्षमा पुगेका वडाअध्यक्षहरुले हटाइएका सरसफाईकर्मी सहितका आवश्यक कर्मचारीको तत्काल व्यवस्थापन गर्न माग गरे ।

Advertisement

२०७९ साउनमा बसेको महानगरपालिकाको चौथो बोर्ड बैठक र परिषदले नै हरेक वडामा थप पाँच जना सफाईकर्मी, एक जना ट्रयाक्टर चालक, एक जना कम्प्युटर अपरेटर दैनिक ज्यालादारी र डोर हाजिरीमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार हरेक वडामा दैनिक ज्यालादारी र डोर हाजिरीमा आवश्यक कर्मचारी नियुक्त गरेको र त्यसले सरसफाई सहित वडा कार्यालयको सेवा सहज भएको अनूभती नगरवासीले गरिरहेकोमा अहिले अचानक ती कर्मचारी हटाउँदा वडा कार्यालयको सेवा प्रवाह नै अस्तव्यस्त बनेको वडाअध्यक्षहरुको भनाई छ ।

३२ वटै वडामा खटिएका
हरेक वडामा ५ जना सफाईकर्मी, एक जना ट्याक्टर चालक तथा आवश्यकता अनुसार कम्प्युटर अपरेटरसमेत वडाअध्यक्षहरुकै सिफारिसमा राखेर काम गर्दा नगरवासीले सहज सेवा र नगरको सफाई समेत चुस्त भएकोमा अहिले उनीहरु सबै हटेपछि समस्या भएको वडा नं. ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताए ।
वडाअध्यक्ष प्रदीप चौरसियाले अधिकांश वडामा कम्प्युटर अपरेटर पनि हटाइएका कारण जन्मदर्ता, मृत्यु दर्ता, चौहदी सिफारिस लगायतका सेवाका लागि पनि महानगरमा पठाउनु परेकोले सेवाग्राहीलाई सास्ती भइरहेको र उनीहरुले त्यसको आक्रोश आफुहरुमाथि पोख्ने गरेको गुनासो गरे ।
उनले भने, ‘कम्प्युटर अपरेटर नहुँदा रसिद काट्न सकिएको छैन, सिफारिसपत्र तथा चिठ्ठीपत्र बनाउन कठिनाइ भएको छ, जन्मदर्ता, मृत्यु दर्ता लगायतको सिफारिस दिन पनि गाह्रो भएको छ । जनताको गाली मात्रै सुन्नु परेको छ । यसरी गाली सुनेर कहिलेसम्म हामीले काम गर्ने ?’

महानगरले थालेको राम्रा काम अवरुद्ध हुनुमा १÷२ जना बदमास वडाअध्यक्षहरुका कारण भएको पनि उनले आरोप लगाए । ‘आफ्नो स्वार्थ पूरा नहुँदा भएको राम्रा कामलाई पनि दिग्भ्रमित हुने गरि १÷२ जना वडाअध्यक्षहरु लागि परे, जबकी हरेक वडाका कर्मचारी वडा अध्यक्षहरुले नै सिफारिस गरेर राखेका थिए, आफैंले कर्मचारी राख्ने अनि मेयरले राख्यो भनेर अनर्गल प्रचार गर्दै हिँड्ने ?

वडा नम्बर २५ का वडाअध्यक्ष आशुतोष चर्तुवेदीले भने, ‘कर्मचारी नहुदाँ वडामा सरसफाईको काम ठप्प जस्तै छ । ट्रयाक्टर छ तर ड्राइभर छैन । हप्तौदिन सम्म फोहोर उठ्दैन । जनता घरमा आएर अनेकथरी कुरा सुनाएर जान्छन् । जनताको आक्रोश थेग्न सक्ने अवस्थामा अब छैनौ । कि त महानगरले कर्मचारी देओस् कि हामी वडाको तालाचाबी महानगरमा ल्याएर बुझाइदिन्छौ ।

वडा नम्बर १२ का वडाअध्यक्ष सुरेश गुप्ताले भने, ‘महानगरमा नयाँ नेतृत्व आएपछि सहरको सरसफाई र सौन्दर्यकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्यो, बाहिरबाट आउने मानिसहरु पनि सहरको सरसफाईमा आएको आमूल परिवर्तन दखेर आश्चर्य मान्थे । मुक्तकण्ठले प्रशंसा गर्थे । तर अचानक वडाहरुमा नियुक्त दैनिक ज्यालादारीका कर्मचारी हटाइदिदाँ वीरगन्ज सहरको सरसफाईको पहिलेको जस्तै दूरावस्था हुने हो कि भन्ने चिन्ता छ ।’

वडा नम्बर १५ का वडाअध्यक्ष रमेश यादवले पनि वडा कार्यालयमा एक महिना यता कर्मचारी अभावले वडाको सरसफाई, कार्यालयको सेवा प्रवाह लगायतमा कठीनाई भइरहेको गुनासो सुनाए । उनले भने,‘ यो एक वर्षमा नगरवासीले साच्चै परिवर्तनको अनुभूती गर्न थालेका थिए । कामले रफ्तार लिदैं थियो । तर अचानक प्रमुख प्रशासकीय अधिकृतले वडाका कर्मचारीहरु हटाइदिदाँ हामीले जनताबाट ताली होइन गालीमात्र खाइरहेका छौं ।

शुक्रबार बिहान मेयर सिंहसामु गुनासो लिएर पुगेको टोलीमा वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानु, वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर ६ का वडाअध्यक्ष जयप्रकाश अग्रवाल, वडा नम्बर १२ वडाअध्यक्ष सुरेश गुप्ता, वडा नम्बर १५ का वडाअध्यक्ष रमेश यादव, वडा नम्बर १७ का वडाअध्यक्ष सन्जु छत्कुली, वडा नम्बर २५ का वडाअध्यक्ष आशुतोष चर्तुवेदी, वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्रा लगायतको सहभागीता थियो ।

गत भदौं २४ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले एक सूचना जारी गरेर भदौं २६ गतेदेखि लागु हुने गरी दैनिक ज्यालादारी र डोर हाजिरीमा कार्यरत कर्मचारीहरुलाई जागीरबाट हटाएको जानकारी गराएका थिए । उक्त सूचना अनुसार, महानगरपालिकाको वडा कार्यालयमा कार्यरत सफाईकर्मी, ट्रयाक्टर चालक, कम्प्युटर अपरेटर, स्वास्थ्य चौकी, नगर प्रहरी गरी ४ सय ५० भन्दा बढी कर्मचारी जाीगरबाट बर्खास्त भएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *