Categories समाचार

गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउने युवती पक्राउ

Advertisement

वीरगन्ज । धनगढीमा प्रहरीले गुप्ताङ्गमा लागुऔषध खैरो हिरोइन लुकाएर ल्याइरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षकी अनुस्का सिंह ठकुरीलाई पक्राउ गरेको हो ।

Advertisement

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले लुकाएको लागुऔषध निकालेको थियो ।

Advertisement

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *