Categories समाचार

आज बडादशैंको पहिलो दिन “घटस्थापना”, घरघरमा विधिपूर्वक जमरा राखिदै

Advertisement

काठमाण्डौ । नेपालीहरुको महान चाड दशैको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । 

आज बडादशैंको पहिलो दिन, घरघरमा विधिपूर्वक जमरा राखिदै छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

Advertisement

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरुको महान् पर्व बडादशैंको पहिलो दिन ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ।

Advertisement

दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाउने प्रचलन रहेको छ ।

नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ। माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।

माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ । हिन्दुहरूको महान् पर्व दसैँमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्त्वपूर्ण दिन हो ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ। विशेष गरी गहवामाई मन्दिर, विर्ता मन्दिर, भुटनदेवी मन्दिर, विदवासिनी मन्दिर, बाराको गढीमाई मन्दिरलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *