Categories समाचार

गढीमाई मन्दिरमा नगर प्रहरी जुत्ता लगाएरै प्रवेश

Advertisement

अनिल गुप्ता बारा । कुनैपनि धर्ममा धार्मिक स्थलहरु पवित्र स्थान मानिन्छ । हामी यस कुरालाई आफ्नो हृदयदेखि आत्मसात गरेका छौँ कि मन्दिर,मस्जिद,चर्च आदि ठाउँमा यदि हामी जुत्ता चप्पल लगाएर गयौं भने देवीदेवता हामीसँग रिसाउनुहुन्छ ।

त्यसैले हामी धार्मिक स्थलहरु भित्र प्रवेश गर्दा भूलेर पनि जुत्ता वा चप्पल लगाएर जाँदैनौँ । र यो कुरा सबैलाई मान्य पनि छ अहिलेसम्म । तर के यो सर्वसाधारणका लागि मात्रै हो र ? नगर प्रहरीले यस्ता कुराहरुलाई मान्दैनन् ? हो मान्दैनन् । नपत्याए यो तस्बिर हेर्नुस त…

Advertisement

यो दृष्य हो, हिन्दुहरुको आस्थाको केन्द्र एवं पर्यटकीय स्थल बाराको गढिमाई मन्दिर परिसर भित्र रहेको माताको प्रतिमा अगाडिको रेलिङ । दशैं शुरु भएसंगै लाखौँको संख्यामा श्रद्धालु भक्तजन लगायत नेपाल भारतका बिभिन्न स्थानबाट पर्यटकहरु समेत आउने गर्दछन् ।

Advertisement

मन्दिर भित्र दर्शन पूजापाठका लागि प्रवेश गर्दा सबैजनाले आ-आफ्नो जुत्ता चप्पल बाहिर फुकाल्छन । अनि मात्र भित्र प्रवेश गर्छन् । आइतबार पनि यस्तै दृष्य देखियो,पूजापाठका लागि हजारौं दर्शनार्थीहरु मन्दिर परिसरमा थिएँ ।

सबैको जुत्ता चप्पल बाहिरै थियो । तर मन्दिर भित्र ड्युटीमा रहेका नगर प्रहरी जुत्ता लगाएरै भगवानको पूजा गर्ने ठाउँसम्म सहजै आवतजावत गरिरहेका थिए । उनीहरूले मन्दिर भित्र प्रवेश गर्ने व्यक्तिलाई जुत्ता चप्पल बाहिरै फुकालेर जानुस भनिरहँदा आफै फेरि जुत्ता लगाएरै मन्दिरमा थिए । आफै जुत्ता लगाएर बस्ने अनि अरुलाई अनुशासनको पाठ सिकाउने यो कस्तो प्रवृती प्रवृत्ति ?

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *