Categories समाचार

५१ लाख मुल्य बढीको कम्युटर र ल्यापटपसहितका उपकरण वीरगन्जबाट बरामद

Advertisement

वीरगन्ज । भारतबाट तस्करी गरी ल्याइएका ५१ लाख भन्दा बढी मुल्यकाे कम्युटर र ल्यापटपसहितका उपकरण वीरगन्जबाट प्रहरीले बरामद गरेकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा स्थानीय अजय सिंहले आफ्नै चार तल्ले घरमा सञ्चालन गरेकाे ए.डी.कम्प्युटर सप्लायर्समा शनिबार साँझ प्रहरीले छापा मारेर ५१ लाख २६ हजार ७०० रुपैयाँ मुल्यकाे कम्प्युटर , ल्यापटप , हार्डडिक्स लगायतका उपकरण बरामद गरेकाे हाे ।

Advertisement

सप्लायर्स सञ्चालनमा रहेकाे घरबाट डेल कम्पनीको सिपियु २१० थान,माेनिटर ४२ थान, डेल कम्पनीको ल्यापटप ८ थान, हार्ड डिक्स ८८ थान,माउस ५५० थान, माेनिटर वायर ३१२थान, सिसिटिभी वायर १८ हजार मिटर, मदर बाेर्ड २५ थान, ग्राफिक कार्ड ११ थान, कुलिङ्ग फ्यान १९ थान, ल्यापटपकाे चार्जर १३१ थान, कम्प्युटर ब्याट्री २०० थान लगायतका उपकरण बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Advertisement

विशेस सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको संयुक्त प्रहरी टाेलीले सिंहले आफ्नै घरकाे भुंई तल्लामा सञ्चालन गरेकाे सप्लायर्समा छापा मार्दा त्यहाँ भन्सार राजश्व छलेर ल्याइएका ती सामग्रीहरु अनाधिकृत रुपमा भण्डारण गरेर राखेकाे भेटिएपछि बरामद गरिएको थापाले बताए ।

बरामद ती सामग्री आवश्यक कारबाहीको लागि बाराकाे पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा आइतबार पठाइएको जानकारीपनि उनले दिए ।

सप्लायर्सका सञ्चालक  सिंह फरार रहेकोले उनकाे खाेजी भइरहेकाे थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *