वीरगन्ज । विश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवामा रहेको श्री ५ महेन्द्र आधारभुत बिधालयमा भ्रस्टाचार भइरहेको स्थानीयले आरोप लगाएका छन् ।
बिधालयको ब्यवस्थापन समितिका अध्यक्ष नबि अखतरले करोडौंको भ्रस्टाचार गरेको स्थानिय लेआरोप लगाएका छन् । गाउँपालिका अध्यक्ष र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष नबि अखतरको मिलोमतोमा राष्ट्रपति बाट बिनियोजन १ करोड ४५ लाख रुपैयाँ हिनामिना भएको स्थानियले आरोप लगाउदै स्कुलमा बिधार्थी बालबालिकाहरूका लागी दिवा खाजामा पनि अनियमिता भएको बताएका छन् ।
गुणस्तरहिन खाद्यान्न प्रयोग गरी दिवा खाजाको पैंसा गाउँपालिका अध्यक्ष देखी बिधालयको प्रध्यानाध्यापक समेतमा भागभन्डा हुने गरेको स्रोतले जनाएको छ ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्षका लागि गाउँका सक्षम योग्यता भएकाहरुले दाबेदारी दिदा समेत गाउँपालिका अध्यक्षले बिधालयलाइ कमाइ खाने र कार्यकता पाल्ने भाँडो बनाउन असक्षम ब्यक्तिलाइ स्कुलको जिम्मेवारी दिएको स्थानीय युवाहरुको आरोप रहेको छ ।
यस विषयमा ब्यवस्थापन समितिका अध्यक्ष अखतरले आफुलाई केही जानकारी नभएको बताएका छन् । उनले भने “राष्ट्रपतिबाट आएको १ करोड ४५ लाखमा ४५ लाख रुपैयाँ १२ वटा पिल्लर ढलानमा सकेको छ ।”
बाकी कुरा गाउँपालिका अध्यक्षसंग सोध्नु म यस बारे केहि भन्दिनँ भन्दै कुरा बङ्गयाउन थाले र भने “मलाई गाउँपालिका अध्यक्षले बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बनाएका हुन् गाउँले ले होइनन् । त्यसैले मसंग खोजी गर्ने गाउँलेको अधिकार छैन ।”






