Categories समाचार

जनार्दनको प्रस्ताव– राष्ट्रिय सहमतिको सरकार, मन्त्रीहरूमा प्रतिस्पर्धाको मोडेल

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्ताबाट एकले अर्कालाई विस्थापन गर्न हरेक कदमको विरोध गर्ने राजनीतिक सँस्कृति रोकेर विकासमा प्रतिस्पर्धा गर्न राष्ट्रिय सहमतिको सरकार उपयुक्त विकल्प हुनसक्ने बताएका छन् । राष्ट्रिय सहमतिको सरकारमा सहभागी मन्त्रीहरुलाई विकास र सेवा प्रवाहका लागि प्रतिस्पर्धा गर्न प्रधानमन्त्रीले प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।

विगत दुई दिनयता काठमाडौंमा आयोजित तीन ओटा शुभकामना आदान–प्रदान कार्यक्रममा मुख्य राजनीतिक दलहरु सम्मिलित राष्ट्रिय सहमतिको सरकारको आवश्यकतामा जोड दिएका पूर्वमन्त्री शर्माले आइतबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा मन्त्रीहरुको कार्यसम्पादनमा प्रतिस्पर्धाको मोडेल आवश्यक रहेको धारणा राखे ।

Advertisement

त्यसले सेवा र विकासमा जनताको पहुँच सहज हुने भन्दै शर्माले भने, ‘निर्वाचनमा एकले अर्कालाई हराएर आफू जित्ने मोडेल त छँदैछ तर देश र जनताको जित हुने संस्कार स्थापित गर्न सरकार गठनमा सहकार्य र मन्त्रीहरुको कार्यसम्पादनमा प्रतिस्पर्धा वा प्रतियोगिताको नयाँ मोडेल आवश्यक छ ।’ साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *