काठमाडौ । नेपाल बाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोवर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ (जुन १४) मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ ।
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ ।
महा्शाखाका अनुसार आज दिउँसो देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । साथै सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बांकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखी मध्ययम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
त्यस्तै आज राती सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूर-पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।साभार






