Categories समाचार

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको नरभक्षी बघिनीको मृत्यु

Advertisement

वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको नरभक्षी बघिनीको मृत्यु भएको छ । ठोरी गाउँपालिका वडा नं ५, सुवर्णपुरबाट ‘डार्ट’ गरी पर्सा निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये एउटा बघिनीको मृत्यु भएको हो ।

सो बघिनीले गत भदौ १३ गते सुवर्णपुरमा दिउँसो ४ बजे कान्छालाल दोङको ज्यान लिएको थियो । मानिसको ज्यान लिएपछि उक्त बघिनीलाई नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको थियो ।

Advertisement

बिहीबार बिहान खोरको निरीक्षण गर्न पुगेका निकुञ्जकर्मीले उक्त बघिनीलाई मृत फेला पारेको निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले बताए ।

Advertisement

फाइल फोटो

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *