Categories समाचार

भारतको रामगढवामा एक नेपाली नागरिकको गोली हानेर हत्या

Advertisement

वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट लगभग १३ किलोमिटर दूरीमा पर्ने भारतीय गाउँ रामगढवामा एक नेपाली नागरिकको गोली हानेर हत्या गरिएको छ ।

मृत्यु हुनेमा रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका – ९ का ४० वर्षीय दिलीप सिंह रहेका छन् । सिंहमाथि वीरगञ्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट झन्डै एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ।

Advertisement

वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मोतिहार सहर जाने बाटोमा पर्ने रामगढवामा मङ्गलवार सिंहको गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

रमगढवा बजारस्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रूपमा जागिरे सिंहको पैसा लुट्ने उद्देश्यले गोली हानेर हत्या गरिएको प्रहरीको अनुमान छ ।

भारतीय सहर मुजफ्फररपुरबाट बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए ।

गोली लागेर सिंह ढलेपछि उनले सङ्कलन गरी ल्याएको २९ लाख भारतीय रुपैयाँ गोली प्रहार गर्ने समूहले लुटेर लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चार जनाको सङ्ख्यामा आएका लुटेरा समूहले सिंह माथि गोली प्रहार गरेको थियो । समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो गाडी प्रहरीले घटनास्थलबाट बरामद भएको तथा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । 

रौतहट प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दामोदर केसीले घटनाको पुष्टि गर्दै, मृतकको शव मङ्गलवार साँझ पीडित परिवारको जिम्मा लगाइएको तथा थप अनुसन्धान भारतीय प्रहरीले गरिरहेको जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *