Categories समाचार

वडाअध्यक्षहरुले दुर्व्यवहार गरेको भन्दै बिन्दबासिनी गाँउपालिकाका कर्मचारीहरु हडतालमा

Advertisement

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाकाे वडा नंबर १ र ३ का वडा अध्यक्षले शिक्षा शाखा प्रमुखलाई दुर्व्यवहार गरेकोले कारबाहीको माग गर्दै पालिकाका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

वडा नंबर १ का वडाअध्यक्ष अच्छेलाल महतो र वडा नम्बर ३ का वडाअध्यक्ष जयप्रकाश चौरसियालाई कारबाहीको माग गर्दै मंगलबार कर्मचारीले पर्साका सहायक जिल्ला अधिकारी शिव कुमार लम्साललाई ज्ञापनपत्र बुझाएका हुन् ।

Advertisement

ज्ञापनपत्र बुझाउँदै उनिहरुले वडा अध्यक्षहरुलाई कारबाही नहुन्जेलसम्म पालिकाको सम्पूर्ण कामकाज बन्द रहने जानकारी समेत गराएका छन् ।

Advertisement

शिक्षकहरूको काज सरुवाको विषयलाई लिएर मंगलबार पालिकाको कार्यालयमा गई वडा अध्यक्षद्वय महताे चाैरसियाले गालीगलौज गर्दै कुटपिट गर्ने धम्की समेत दिएकाले उनिहरुलाई कारबाही गर्नुपर्ने कर्मचारीहरुकाे माग छ ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , रामेश्वर तिवारी लगायतको टाेलीले सप्रजिअ लम्साललाई ज्ञापनपत्र बुझाएको हो ।

यसैबिच स्थानिय तह कर्मचारी हकहित मञ्च बिन्दबासिनी गाउँपालिकाले दुवै वडाअध्यक्षलाई कारबाही नहुन्जेलसम्म गाँउपालिकाकाे सेवा बन्द रहने समेत विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

स्थानिय तह कर्मचारी हकहित मञ्च बिन्दबासिनी गाउँपालिका अध्यक्ष रामाधार प्रसाद चौरसियाले एक विज्ञप्ति जारी गर्दै बिनणदबासिनी गाउँपालिका कार्यालयमा आसमान नेपालले आयोजना गरेको कार्यक्रममा वडाअध्यक्षद्वय अक्षयलाल महतो र जयप्रकाश चौरसियाले शिक्षा अधिकृत तथा केही प्रधानाध्यापकहरुलाई अपशब्द प्रयोग गरेको, गालीगलौज गरेको तथा कुटपिट गर्ने धम्की समेत दपएकाेले कानुन बमोजिम कारबाही अगाडि नबढेसम्म कार्यालयमा सेवा प्रवाह बन्द गर्न बाध्य रहेको जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *