Categories समाचार

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने चालक पक्राउ

Advertisement

वीरगन्ज । बारा प्रहरीले एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने एकजनालाई गाँजासहित पक्राउ गरेको छ।

प्रहरीले भारतीय नम्बर बीआर ०५ पीबी ५५२३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला मोतीहारी, पूर्वी चम्पारण, गाविस झिटकैया बस्ने ३२ वर्षीय रामविश्वास पासवान रहेको बाराका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए।

Advertisement

पासवानको साथबाट साढे दुई किलो गाँजा बरामद गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *