Categories समाचार

पर्सा कटिसकेको ट्रक बारा प्रहरीको नियन्त्रणमा

Advertisement

बारा । वीरगन्जबाट मालसामान लिएर काठमाडौं जाँदै गरेको एउटा ट्रक बारामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको जितिपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज चोकमा रोकेर प्रहरीले ५९ लाख १२ हजार ७१७ रुपैयाँ बराबरको सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।

Advertisement

मंगलबारराति अमलेखगञ्ज चोकमा ना.३.ख.५६७२ नबरको ट्रक प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा बिलबिजक भन्दा बढी मुल्यको हार्डवेयर तथा अटो पार्टका सामानहरू बरामद भएको बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Advertisement

बरामद सामानसहितको ट्रक जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *