Categories समाचार

भारतद्वारा नेपालका लागि कोटा तोकेर चामाल निर्यात

Advertisement

काठमाडौं । भारतले नेपालका लागि कोटा तोकेर चामालको निर्यात खुला गरेको छ । भारतको वाणिज्य विभागले निकालेको सूचनामा नेपालका लागि ९५ हजार टन चामल निर्यातको अनुमति दिइएको उल्लेख छ ।

यो चामलको निर्यात भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत हुनेछ । भारतले गएको साउनको पहिलो हप्तादेखि बासमती बाहेकका चामलको निर्यातमा रोक लगाएको थियो ।

Advertisement

भारतले आफ्नो स्थानीय बजारमा मूल्यवृद्धि रोक्न भन्दै निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चामलको भाउ बढेको थियो । त्यसपछि नेपाल सरकारले एक लाख टन चामल आयातको अनुमति दिन माग गर्दै भारत सरकारलाई पत्र लेखेको थियो ।

Advertisement

भारतले नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्स, गिनी र सेशेल्सका लागि कोटा तोकेर चामल निर्यात खुला गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *