Categories समाचार

परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेहताकाे स्वागत र राैनियारकाे बिदाई

Advertisement

बारा । बाराको परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत मुन्ना रौनियारको आज एक कार्यक्रमको बीच विदाई गरिएको छ भने प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताको स्वागत गरिएको छ ।

पालिका प्रमुख रामक्षत्रि प्रसाद कुर्मी ,उपप्रमुख सुगान्धि देवीले गम्छा र अबिर टिका लगाई अधिकृत रौनियारको बिदाई सँगै अधिकृत मेहताको स्वागत गरेका थिए ।

Advertisement

करिब दुई बर्ष सम्म पालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका रौनियारको मधेश प्रदेशको कार्यालय जनकपुरधाममा सरुवा भएको छ । पालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतको प्राण मेहताले जिम्मेवारी सम्हालेका हुन ।

Advertisement

पालिका प्रमुख कुर्मी र उपप्रमुख सुगान्धि देवी लगायत पालिकाका कर्मचारीहरुले मेहताको स्वागत गरेका थिए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *