वीरगन्ज । वीरगन्जको प्रसिद्ध धार्मिक स्थल माईस्थान मन्दिर मेलामा अष्ठमीका दिन दर्शनार्थीहरुमा प्रसाद वितरण गरिएको छ ।
घडिअर्वा पोखरी अगाडि स्टल राखी समाजिक संस्था नव जनकल्याण युवा सञ्जालले भक्तजनमा प्रसादको रुपमा चना भुजा वितरण गरेको हो ।
प्रत्येक वर्षझै यस वर्षपनि बडा दशैंको अवसरमा वीरगन्जमा लाग्ने मेलामा माताको दर्शन गर्न तथा मेला घुम्न आउने भक्तजनलाई सेवा गर्दै संस्थाले चना भुजा खुवाएको संस्थाका अध्यक्ष सागिर अलीले जानकारी गराए ।
संस्थाले सप्तमीको दिनपनि प्रसाद वितरण गरेको थियो ।
ईनफोरमेटिकस कन्सल्टेन्सी र स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोग रहेको सो कार्यक्रममा अध्यक्षअली, उपाध्यक्ष दिलखुश देवान, सचीव बिक्किराज पटेल, अंकित मिश्रा, शुशिल साह, संदिप गुप्ता र सल्लाहकार अमिन सिंह, सञ्जालका प्रवक्ता राजु गुप्ता लगायतको उपस्थिति रहेको थियो ।


