Categories समाचार

रक्सी खाएर होहल्ला गरेपछि वडा अध्यक्ष महर्जन रातभर प्रहरी थुनामा

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हिराकाजी महर्जनलाई प्रहरीले रातभर थुनामा राखेर साेमबार बिहान छाडेकाे छ ।

आइतबारराति रक्सी सेवन गरेर प्रहरीसंग अभद्र व्यवहार गरेका महर्जन लाई प्रहरीले नियन्त्रणमा लिएर रातभर प्रहरी थुनामा राखेकाे थियाे । उनलाई साेमबार बिहान १० बजेतिर आफन्तकाे जिम्मा लगाएर घर पठाइएको पर्साका प्रहरी उपरीक्षक काेमल विक्रम शाहले जानकारी दिए।

Advertisement

शाहका अनुसार, वडाअध्यक्ष महर्जनले आइतबार राति रक्सी सेवन गरेर हाेहल्ला गरेकाे भन्दै स्थानीयले गुनासाे गरेपछि पुगेकाे प्रहरीहरुसंगै उनले अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालयकाे थुनामा रातभर राखेको थियाे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *