Categories समाचार

टीकाको उत्तम साइत मङ्गलबार बिहान ११:०२ बजे

वीरगन्ज । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष कात्तिक ७ गते मङ्गलबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।

Advertisement

दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *