Categories समाचार

मूर्ति विसर्जन गर्न गएका दुई जना युवकको नदीमा डुबेर मृत्यु, एकजना अझै बेपत्ता

Advertisement

रूपन्देही । रूपन्देहीमा दुर्गा भवानीको मूर्ति विसर्जन गर्न गएका दुई जना युवकको नदीमा डुबेर मृत्यु भएको छ । स्थानीय दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन गर्न गएकामध्ये २ जनाको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीकाे कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।

Advertisement

नदीमा डुबेर त्यही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको विश्वकर्माले बताए । बेपत्ता सन्तकुमारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *