Categories समाचार

मन्दिरबाट पेस्तोलसहित १६ वर्षीया भारतीय किशोरी पक्राउ

Advertisement

वीरगन्ज । जनकपुरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छिन् । जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ करिब ८ बजे सशस्त्र प्रहरीले किशोरीलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीको छोरी अन्दाजी वर्ष १६ की पुजा कुमारी सहनी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरी टोलिले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैया, भारतीय ५ जि सिम थान १ र चाँदीको जस्तो देखिने मालाको लकेट थान १ बरामद भएको हो ।

Advertisement

उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि रेल्वे सुरक्षा बेश जनकपुरधाममा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *