Rato Pana
समाचार

प्रसौनी गाउँपालिकामा ३३ जना स्वयम्सेवक करार शिक्षक नियुक्त

अनिल गुप्ता वीरगन्ज । बारा जिल्लाको प्रसौनी गाउँपालिकाले ३३ जना स्वयम्सेवक करार शिक्षक नियुक्त गरेको छ । नयाँ नियुक्त भएका शिक्षकलाई गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल तथा उपाध्यक्ष किरण देवी साहले टिका र खाद्या ओढाएर स्वागत गरेका छन् ।

गाउँपालिकाले विभिन्न विषयका लागि नियुक्त गरेको ३३ जना शिक्षक मध्ये ११ जना पुरुष र २२ जना महिला रहेको जनाइएको छ । विभिन्न चरणबाट उतिर्ण भएका शिक्षकहरूलाई करार शिक्षकको रुपमा नियुक्त गरिएको पालिका अध्यक्ष जैसवालले जानकारी गराए ।

नियुक्तिपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जैसवालले “बिधार्थीको अनुपातको तुलनामा शिक्षक दरबन्दी न्युनत्तम रहेको तथा यसको ब्यवस्थापन आन्तरिक स्रोत बाट मिलाइ बिनियोजन गरीने बताए ।”

पालिकाकी उपाध्यक्ष किरण देवी साहको अध्यक्षतामा भएको सो कार्यक्रम संचालक ललिन्द्र पटेलले गरेका थिए ।

यस पालिका अन्तर्गतमा ६ वटा अधारभुत गरी कुल १२ वटा समुदायीक बिधालय छ । २ वटा +२ संचालनमा रहेको स्थानीयले बताए । बजेट कम भए पनि उज्ज्वल भविष्यप्रति बिकाश को कार्यमा कुनै कसर बाकि नराख्ने र शिक्षाको बिषय मा कुनै सम्झौता नहुने गाउँपालिकाकी उपाध्यक्ष साहले बताइन् ।

नियुक्तिपत्र वितरण गर्दै अध्यक्ष जैसवालले बिधार्थीको हक हित र शैक्षिक सुधारका लागि इमान्दारी पुर्वक लाग्न अनुरोध गरे । कुनै पनि बहानामा बालबालिकाको शैक्षिक अवस्था बिगारे कारबाही गरिने बताए ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष हृदयनारायण साह तेली, वडा नं ५ का वडा अध्यक्ष संतोष कुमार साह, शिक्षा शाखा प्रमुख संतोष रौनियार, स्वास्थ्य शाखा प्रमुख सुरेश साह, शिक्षक छनौट समितिका सदस्यहरू बिन्दा प्रसाद जैसवाल,पवन सिहं लगायतको उपस्थितीथि रहेको थियो।

सम्वन्धित समाचार

Leave a Comment