Categories समाचार

जग्गा विवादमा घाइते भएकी महिलाको मृत्यु

Advertisement

वीरगन्ज । पर्साकाे छिपहरमाई गाँउपालिका वडा नम्बर २ भेडिअर्वामा जग्गा विवादका क्रममा भएको झडपमा घाइते भएकी महिलाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा भेडिअर्वाकी ५० वर्षीय रितादेवी रहेकी छन् । उनको गत सोमवार राति उपचारको क्रममा एलएस न्युरो अस्पतालमा मृत्यु भएको र गत मङ्गलवार शल्य परीक्षण गरी दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् ।

Advertisement

स्थानीय धनई बरईका छोरा सन्दीप बरई, दिनेश बरई, रमेश बरई, मुनीलाल साह कानूलगायतले रितालाई कुटपिट गरेका मृतकका परिवारको आरोप छ । रितालाई सन्दीपले बाँसको भाटाले प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

Advertisement

झडपमा रिताका पति शम्भु राउत अहिर, ज्वाइँ ३१ वर्षीय विनोदराय यादव, छोरी २८ वर्षीय सुनिता देवीसमेत घाइते भएका थिए ।

रिताको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले धनईलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *