Categories समाचार

यात्रुवाहक बसबाट ठूलो परिमाणमा लागु औषधसहित एक जना पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जबाट हेटौंडा तर्फ जाँदै गरेको यात्रुवाहक बसबाट ठूलो परिमाणमा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।लागु औषधसहित पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ घर भएका ४० वर्षिय रबिन्द्र केसी रहेका छन् ।

उनको साथबाट नेपालमा प्रतिबन्धित लागु औषध फेनारगन ३ सय पिस , डाइजापाम ३ सय पिस र नुरफिन ३ सय पिस गरि ९ सय पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Advertisement

थापाका अनुसार , वीरगन्जबाट हेटौंडा तर्फ जाँदै गरेको ग.१ ख. ९६२६ नम्बरको यात्रुवाहक बस प्रहरीले परवानीपुरमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा केसीले बसका चालक बस्ने सिटको मुनि लुकाएर राखेको सेतो झोलबाट ती लागु औषध बरामद भएको थापाले जानकारी दिए ।

Advertisement

लागु औषध सहित पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *