Categories एजेन्सी

अमेरिका : अन्धाधुन्ध गोली चलाउँदै १८ जनाको हत्या गर्ने सन्दिग्ध मृत फेला

Advertisement

एजेन्सी । अमेरिकाको मेइन सहरमा अन्धाधुन्ध गोली चलाउँदै १८ जनाको हत्या गर्ने सन्दिग्ध मृत फेला परेका छन् । तीन दिनको खोजीपछि ४० वर्षीय रोबर्ट कार्ड मृत फेला परेको प्रहरीले जानकारी दिएको हो ।

मेइन कमिस्नर अफ पब्लिक सेफ्टी माइकल साउसचकका अनुसार उनले आफूले आफैलाई गोली प्रहार गरेको जानकारी दिए । प्रहरीले स्थानीयलाई घरमा नै बस्ने निर्देशन हटाएको केही समयपछि प्रहरीले यसबारे जानकारी दिएको थियो ।

Advertisement

सो घटनामा मारिनेमा १४ देखि ७६ वर्षका सर्वसाधारण रहेका छन् । ‘बुधबार रातिको गोलिकाण्डका सन्दिग्ध मृत अवस्था फेला परेका छन्,’ प्रहरीले आफ्नो फेसबुक पेजमा लेखेको छ । 

Advertisement

घटनामा बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेइनका गभर्नर जानेट मिल्सले घटनास्थलभन्दा नजिक रहेको लिसबनमा कार्डको शव फेला परेको जानकारी दिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *