Categories समाचार

पर्सामा लागूऔषध सहित तीन जना पक्राउ

Advertisement

अमित अग्रवाल
वीरगञ्ज । पर्सा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित तीनजनालाई पक्राउ गरेको छ ।

हिजो (शनिबार) राती अन्दाजी साढे सात बजे पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ निचुटा नौगछिया नजिक बि आर २२ ए ई ६७४० नम्बरको स्पलेण्डर मोटरसाईकल चेकजाँच गर्दा चालक जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ सुहपुर बस्ने ४५ वर्षका हिरामन यादव पक्राउ परेको प्रहरीले बताएको छ ।

Advertisement

उनले चलाइरहेको मोटरसाइकल पछाडी बोरामा अबैध लागु औषध गाँजा १० किलो फेला परेको हुँदा पक्राउ गरिएको हो ।

Advertisement

त्यस्तै शनिबार अन्दाजी दिनको २ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वागाउँ चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका २ जनालाई लागूऔषध सहित पक्राउ गरिएको छ ।

चितवन कालिका नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षका सुजन तिवारीको साथबाट प्रतिबन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम र वडा नम्बर ३ बस्ने १९ वर्षका शक्ति परियारको साथबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ९ पत्तामा ३० ट्याब्लेटका दरले जम्मा २७० पिस नाईट्राभेट ट्याब्लेट फेला परेको थियो ।

निजहरूलाई नियन्त्रणमा लिई औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *