काठमाडौँ । नेपालले नवजात शिशुको मृत्युदरलाई कम गर्ने प्रतिबद्धता जनाए पनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन । पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर कम भए पनि नवजात शिशुको मृत्युदर कम गर्ने लक्ष्य पूरा गर्न कठिन हुने जनस्वास्थ्यविद्हरू सुनाउँछन् ।
नेपालले सन् २०३० सम्ममा नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ सम्म पुर्याउने लक्ष्य राखेको छ । २०३५ सम्ममा यो सङ्ख्या १० भन्दा कममा झार्ने भनिएको छ ।
यस सर्वेक्षणमा नवजात शिशु प्रतिहजार जीवित जन्ममा २१ जना कायम छ । २०१६ मा भएको सर्वेक्षणमा पनि नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ नै थियो । सहरी क्षेत्रमा नवजात शिशुको मृत्युदर १९ प्रतिशत छ भने ग्रामीण क्षेत्रमा २५ प्रतिशत छ ।
नवजात शिशुको मृत्युुदर कम हुन सकेन





