Categories समाचार

मैत्रीपुलबाट एसएसबीद्वारा एक बालिकाको उद्धार, ३ जना मानव तस्कर नियन्त्रणमा

Advertisement

वीरगञ्ज । नेपाल भारतको सिमामा रहेको मैत्रीपुलबाट एसएसबीले एक बालिकाको उद्धार गरेको छ ।

मानव बेचबिखन विरोधी इकाई एरिया हेडक्वार्टर, ४७ औं कोर एसएसबी रक्सौल कार्यालयले मैत्रीपुलबाट आइतबार एक बालिकाको उद्धार गर्नुको साथै ३ जना मानव तस्करलाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर मनोजकुमार शर्माले बताए । 

Advertisement

पक्राउ परेका मोहम्मद अस्लम, मोहम्मद समिमुल्लाह र मोहम्मद नौशाद आलम विरुद्ध चिरैया प्रहरी चौकीमा एफआइआर दर्ता गराइएको उनले वताए । पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि प्रहरी ओपी हरैयालाई बुझाएपछि चिरैया थानाको प्रहरीले तीनै जनालाई कारागार पठाउने प्रक्रिया अघि बढाएको उनले वताए ।

Advertisement

नेपाल–भारत सीमामा रहेको मैत्रीपुलमा एसएसबी चौकी स्थापना भएदेखि नै मानव बेचबिखनका संलग्नहरु पक्राउ पर्नेहरुको संख्यामा बृद्धि भएको भारतिय एसएसबिले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *