बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्राधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफकाे उपचारकाे क्रममा मृत्यु भएको छ।
सोमबार दिउँसो करिब साढे १२ बजेतिर प्रधानाध्यापक सर्राफ माथि गोली प्रहार भएको हो।
दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले ३५ वर्षीय सर्राफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएकाे छ। स्कुलबाट मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका सर्राफ माथि अज्ञात समूहले गोली प्रहार गरेको हो।
उनको छाती र पेटमा दुईवटा गोली लागेको थियाे।
घाइते सर्राफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जस्थित मेडिसिटी वयोद्धा हस्पिटल ल्याइएको थियाे। उनको उपचारकै क्रममा मृत्यु भएकाे अस्पताल स्रोतले जनाएको छ।
गोली प्रहार गर्नेहरूको खोजि भइरहेको बाराका प्रहरी उपरीक्षकले बताए।


