Rato Pana
Headlines

स्थानीयसँग भेट गर्दै मेयर सिंह, कुनै गुनासो नआउने गरि काम गर्न निर्देशन


वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सोमबार वडा नं. २२ को जगर्नाथपुर र मनियारीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या बारे जानकारी लिनु भएको छ ।
जगर्नाथपुरमा आउजाउ गर्न सडकको समस्या रहेकाले यसै आर्थिक वर्षमा सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । यस्तै मुस्लिम समुदायलाई शव अन्त्येष्टिका लागि कबरगाहा निर्माण गर्ने पनि उहाँले बताउनुभयो ।
नजिकिँदै गरेको छठलाई मध्यनजर गर्दै उहाँले छठ घाटको निर्माण र सजावट आकर्षक देखिने गरि गर्न पनि निर्देशन दिनुभयो ।
महानगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर अवधेश कुशवाहा लगायतको टोली सहित पुग्नु भएका मेयर सिंहले महानगरले गर्ने हरेक कार्य गुणस्तरीय रुपमा निर्माण गराउन निरन्तरत अनुगमनमा खट्न पनि इन्जिनियरहरुलाई निर्देशन दिनुभयो ।
स्थानीयको कुनै पनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिँदै उहाँले तत्काल सडक, कबरगाह र छठघाट निर्माणको काम अघि बढाउने बताउनुभयो ।
वडा नं. २२ का वडा अध्यक्ष द्वारिका महतोले आफ्नो वडा वासीको समस्या बुझ्न मेयर आफैँ वडामा आउनुले आफूहरुलाई काम गर्ने हौसला मिलेको बताउनुभयो ।
यस्तै मेयर सिंहले आजै मनियारीका स्थानीयसँग पनि भेट गर्दै त्यहाँको समस्याका बारेमा जानकारी लिनुभएको छ ।

सम्वन्धित समाचार

Leave a Comment