Categories समाचार

गाेली काण्ड : शिक्षककाे हत्यामा संलग्न रहेकाे आशंकामा एक महिला पक्राउ

Advertisement

वीरगन्ज । बाराकाे कलैयामा साेमबार गाेली प्रहार गरि भएकाे शिक्षककाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएकाे छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरशा टाेलस्थित बाल एकता इंग्लीश बाेर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफकाे साेमबार दिउँसाे साढे १२ बजेतिर अपरिचित समुहले गाेली हानी हत्या गरेको थियाे।

Advertisement

सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले साेमबार नै साँझ कलैया उपमहानगरपालिका वडा नम्बर १ बाट एक महिलालाई नियन्त्रणमा लिएकाे हाे ।नियन्त्रणमा लिएकी महिलाकाे परिचय भने प्रहरीले खुलाएकाे छैन ।

Advertisement

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे महिला सर्राफकाे हत्यारकाे याेजना बनाउने मुख्य याेजनाकार रहेकाे प्रहरी श्राेतले जनाएको छ।ती महिलालाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर अनुसन्धान भईरहेकाे एक प्रहरी अधिकृतले बताए ।

साेमबार दिउँसाे १२.३० बजेतिर स्कुलबाट माेटरसाइकलमा घर तर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा माेटरसाइकलमा आएका चार जना अपरिचित व्याक्तिहरुले गाेली हानेर फरार भएका थिए ।

३५ वर्षिय सर्राफकाे छाती र पेटमा गरी दुई राउन्ड गाेली लागेकाे थियाे ।गाेली लागेर घाइते भइ ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशीक अस्पतालमा पुर्याएका थिए।

त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयाेधा मेडिसटी हस्पिटलमा लगिएको थियाे । त्यहीँ उपचारका क्रममा सर्राफकाे मृत्यु भएकाे बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *