Categories Headlines अपराध

बारा प्रहरीले पुर्व शिक्षिकासहित तीन जनालाई नियन्त्रणमा लियाे

Advertisement

बाराकाे कलैयामा साेमबार गाेली प्रहार गरि भएकाे शिक्षककाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले पुर्व शिक्षिकासहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरशा टाेलस्थित बाल एकता इंग्लीश बाेर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफकाे साेमबार दिउँसाे साढे १२ बजेतिर अपरिचित समुहले गाेली हानी हत्या गरेको थियाे।

Advertisement

सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले सर्राफकै स्कुलमा पहिले पढाउने पुर्वशिक्षिका कलैया उपमहानगरपालिका वडा नम्बर १ की २५ वर्षिया एक महिला र दुई पुरुषा गरि तीन जनालाई नियन्त्रणमा लिएकाे हाे ।

Advertisement

हत्यामा संलग्न रहेकाे आशंकामा साेमबार बेलुकीसम्म एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले बताए ।

उनका अनुसार, पक्राउ परेका मध्यकी महिला हत्याकाे याेजना बनाउने मुख्य याेजनाकार रहेकाे हुन सक्ने प्रहरीको आशंका छ ।

उनले भने,`सिसिटिभी क्यामेरामा रेकर्ड फुटेजकाे आधार लगायत अन्य इभिडेन्सका आधारमा तीनै जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ । सम्भवत भाेलिसम्म हामी याे केसकाे टुङ्गोमा पुगि सक्छाै ।

साेमबार दिउँसाे १२.३० बजेतिर स्कुल नजिकै सडकमा माेटरसाइकलमा घर तर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा माेटरसाइकलमा आएका चार जना अपरिचित व्याक्तिहरुले गाेली हानेर फरार भएका थिए ।

३५ वर्षिय सर्राफकाे छाती र पेटमा गरील तीन राउन्ड गाेली लागेकाे थियाे ।गाेली लागेर घाइते भइ ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशीक अस्पतालमा पुर्याएका थिए।

त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयाेधा मेडिसटी हस्पिटलमा लगिएको थियाे ।त्यहीँ उपचारका क्रममा सर्राफकाे मृत्यु भएकाे बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *