Categories समाचार

रुपेशको हत्यामा संलग्न रहेकाे आशंकामा पुर्व शिक्षिकासहित तीनजना पक्राउ

वीरगन्ज । बाराकाे कलैयामा साेमबार गाेली प्रहार गरि भएकाे शिक्षककाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले पुर्व शिक्षिकासहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरशा टाेलस्थित बाल एकता इंग्लीश बाेर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफकाे साेमबार दिउँसाे साढे १२ बजेतिर अपरिचित समुहले गाेली हानी हत्या गरेको थियाे।

Advertisement

सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले सर्राफकै स्कुलमा पहिले पढाउने पुर्वशिक्षिका कलैया उपमहानगरपालिका वडा नम्बर १ की २५ वर्षिया एक महिला र दुई पुरुषा गरि तीन जनालाई नियन्त्रणमा लिएकाे हाे ।

Advertisement

हत्यामा संलग्न रहेकाे आशंकामा साेमबार बेलुकीसम्म एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले बताए ।

उनका अनुसार, पक्राउ परेका मध्यकी महिला हत्याकाे याेजना बनाउने मुख्य याेजनाकार रहेकाे हुन सक्ने प्रहरीको आशंका छ ।

उनले भने,`सिसिटिभी क्यामेरामा रेकर्ड फुटेजकाे आधार लगायत अन्य इभिडेन्सका आधारमा तीनै जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ । सम्भवत भाेलिसम्म हामी याे केसकाे टुङ्गोमा पुगि सक्छाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *