Categories समाचार

जसपा पर्साको अगुवा कार्यकर्ता भेला एवं चियापान कार्यक्रम सम्पन्न

Advertisement

वीरगंज । जनता समाजवादी पार्टी नेपाल पर्साले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका जिल्लाभरका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पार्टीका प्रमुख सचेतक समेत रहनु भएका पर्सा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य प्रदीप यादबले पार्टी मजबुद हुँदाहुँदै पनि नेतृत्व कमजोर हुँदा पार्टी नाजुक अवस्थामा पुगेको भए पनि अहिले आएको नयाँ नेतृत्वले पार्टी चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

‘संगठन छ, नेता कार्यकर्ता छन् तर पनि जिल्ला कमाण्डर (नेतृत्व) कमजोर र अरुको बैशाखी बन्दा पार्टी नाजुक बन्न पुग्यो,’ उहाँले भन्नुभयो, ‘अरुको बैशाखी बनेको कमजोर नेतृत्वलाई जिल्लाभरका साथीहरुको प्रयासले पाखा लगाएर मजबुद नेतृत्व चयन गरेसँगै पर्टीमा उत्साह र चलायमान बन्ने आशा जगाएको छ ।’

Advertisement

अब पार्टीको कार्यक्रम दिनहुँ हुने भन्दै उहाँले पार्टी चलायमान र गतिशील बनाउँदै जिल्लाको चार वटै क्षेत्रमा पार्टीलाई बलियो बनाउने अभियान अघि बढ्ने बताउनु भयो ।

फरक प्रसंगमा उहाँले अहिले देशको राजनीतिक अवस्था ठिक नभएको भन्दै संघीयतालाई धराप पार्न केही तत्व लागि परेको बताउनु भयो ।
तराईलाई मरुभुमीकरण बनाउने षड्यन्त्र स्वरुप सरकारले सदनमा पेश गर्न लागेको विधेयक फिर्ता नल्याए सरकार बाटै आफूहरु बाहिरिने चेतावनी पनि दिनुभयो ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य समेत रहनु भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पर्सा जिल्लाका १/२ जना बाहेकका सबै नेता कार्यकर्ताको साथ रहेकाले यही आधिकारीक रहेको बताउनु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मोहनलाल चौधरी, जनार्धन यादब, भीमा यादब, संघीय परिषद सदस्य विपिन यादव, शिवजी शोनी, जिल्ला समन्वय समितिका सभापति अजय सर्राफ, प्रेमबाबु पटेल, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

पार्टीका जिल्ला अध्यक्ष सिंगासन साह तेलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण पार्टीका लजिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *