Categories समाचार

वडाको काम चुस्त बनाउन सुशासन समितिको अनुगमन

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले आफ्नै वडा भित्रको कामकारवाहीलाई चुस्त बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन कडाइका साथ अनुगमन थालेको छ ।

महानगरद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले बुधबार महानगरको ५ वटा वडाको सेवा प्रभावह बारे अनुगमन गरेको हो ।
वडामा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिनुभयो ।

Advertisement

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमन थालिएको उहाँले बताउनुभयो ।

Advertisement

वडामा संकलन हुने राजश्व साप्ताहिक रुपमा दाखिला गराउनु पर्नेमा कतिपयले दाखिला नगरेको देखिएकाले त्यसलाई कडाई गर्न पनि समितिले अनुगमन थाल्नु परेको उहाँको भनाई छ ।

समितिले बुधबार वडा नम्वर ४ बाट अनुगमन सुरु गरेको थियो । पहिलो दिन वडा नं. ४ सहित ५, ६, ७ र १५ गरि ५ वटा वडामा अनुगमन गरिएको महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले बताउनुभयो ।
अब ३२ वटै वडामा दैनिक रुपमा अनुगमन गर्ने र समयमा कार्यालयमा अनुपस्थित भेटिने कर्मचारीलाई कारबाही पनि गरिने उहाँले बताउनुभयो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समसया देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिनुभए बमोजिम समितिले अनुगमन सुरु गरेको हो ।

वडा नं. ५ का वडाअध्यक्ष समेत रहनु भएका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको टोलीमा प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायत रहनु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *