Categories समाचार

विमानस्थलमा झगडा गरेका दुई पाइलटको लाइसेन्स निलम्बन

वीरगन्ज । रामेछापस्थित मन्थली विमानस्थलमा झगडा गरेका दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो।

Advertisement

प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको हो। 

Advertisement

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले छानबिनका लागि दुई पाइलटको लाइसेन्स स्थगन गरेको बताए।

 ‘अर्को निर्णय नभएसम्म हालका लागि दुवै पाइलटलाई जहाज उडाउन नपाउने गरी ग्राउन्डेड गरिएको छ,’ उनले भने।

लुक्लाबाट मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो। साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *