Categories समाचार

शंकास्पद बिल सहित ट्रक प्रहरी नियन्त्रणमा, १ करोड रुपैयाँ बराबरको सामान रहेको अनुमान

Advertisement

वीरगन्ज । वीरगन्जबाट प्रहरीले करिब १ करोड रुपैयाँ बराबरको सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड गरेर वीरगन्जबाट पोखरा जाँदै गरेको ट्रक प्रहरीले बुधबारराति वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बाट नियन्त्रणमा लिएको जनाएको हो ।

Advertisement

पोखरा जाँदै गरेको ना.३ ख ५५७६ नम्बरको उक्त ट्रक वीरगन्जको गण्डक चोकमा रोकेर प्रहरीले स्थित सडकखण्डमा ट्रकलाई प्रहरीले चेकजाँच गरेकाो थियो ।

Advertisement

त्यसक्रममा ट्रकमा बिलविजक भन्दा बढी मालबस्तु लोड रहेको र बिलपनि शंकास्पद देखिएपछि सामानसहितको उक्त ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले बताए ।

९९ लाख ६९ हजार बराबर रुपैयाँको मालबस्तुसहित उक्त ट्रक थप अनुसन्धान तथा कारबाहीको लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *