Rato Pana
समाचार

तस्करीको करिब ९० हजारको विदेशी चकलेट वीरगन्जबाट बरामद

वीरगन्ज । भारतबाट तस्करी गरि वीरगन्जमा ल्याइएको करिब ९० हजार रुपैयाँ मुल्यको विदेशी चकलेट प्रहरीले बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रेल्वे रोडमा अवस्थित रामबाबु प्रसाद कलवारको घरमा भण्डारण गरि राखिएको चकलेट प्रहरीले बरामद गरेको हो ।

कलवारको घरमा एक कारोबारीले कोठा भाडामा लिई लुकाएर राखेको डयाडी बम चक्लेट–२१० डिब्बा, विलानो चक्लेट–१८७ डिब्बा, सफटी टाईम चक्लेट–३७ डिब्बा, कुकिज चक्लेट– ४८ डिब्बा, स्पेन बम चक्लेट–१६ डिब्बा र चोका फ्रि चक्लेट–१५६ डिब्बा बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद चकलेटको बजार मुल्य अन्दाजी ९० हजार ४९० रुपैयाँ रहेको प्रहरीको भनाई छ । बरामद चकलेट आवश्यक कारबाहिको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

Leave a Comment