
वीरगन्ज । पर्सामा नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष सहित सयौं जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।पर्सागढी नगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष किशुनदेव यादवसहित एक सय भन्दा बढी जसपामा प्रवेश गरेका हुन् ।
शुक्रबार पर्सागढी ८ मा जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री तथा सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्व वडाध्यक्ष यादवसहितका नवप्रवेशीलाई अबीर टिका लगाएर पार्टीमा स्वागत गरे ।
पूर्वमन्त्री तथा जसपाका प्रमुख सचेतक यादवको प्रमुख आतिथ्यता एंव वीरगन्जका मेयर सिंहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जसपाका जिल्ला जिल्ला अध्यक्ष तथा बहुदरामाई नगरपालिकाका मेयर सिंगासन साह तेली , जसपाका जिल्ला सचिव उमेशलाल सहनी ,वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव , नेता प्रेमबाबु पटेल , पर्सागढी नगरपालिकाका वडाध्यक्ष रामबढाई यादव , गाँउकार्यपालिका सदस्य असलम आलम लगाय लगायतकोपनि सहभागीता थियो ।
कार्यक्रमको अध्यक्षता जसपाका पर्सागढी नगर अध्यक्ष खुर्शीद आलमले गरेको जसपाका नेता भुषण यादवले जानकारी दिए ।