Rato Pana
समाचार

रुकुममा गएको विनाशकारी भुकम्पमा परी २८ जनाको मृत्यु, कम्तीमा ५० जना घाइते

काठमाडौँ । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।  जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार भूकम्पमा परी कम्तीमा ५० जना घाइते भएका हुन् ।

भूकम्पपछि सुख्खा पहिराेले बाटाे अवरूद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको अधिकारीको भनाई छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । 

सम्वन्धित समाचार

Leave a Comment