Categories समाचार

आरती साह मृत्यु प्रकरण : हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का

Advertisement

वीरगन्ज । आरती साह मृत्यु प्रकरणमा धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् ।

आरतीका परिवारमाथि कुटपिट गरेको आरोप लागेका एसपी खड्कालाई गृह मन्त्रालयको निर्देशनपछि हेडक्वार्टर तानेको उपप्रधान एवं गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

Advertisement

जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेराफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाई प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ।

Advertisement

यसअघि डिएसपी बेदप्रकाश गौतमलाई पनि प्रधान कार्यालय तानिसकेको थियो।

आरती साहको माइतीपक्ष मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार १ गतेदेखि माइतीघर मण्डलमा अनसन बसेका छन्।

धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो।

समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक नेपालका प्रतिनिधि लगायतसँग जानकारी लिएको छानबिनमा संलग्न रहेका समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *