Categories समाचार

नेपाल कावेरी एकेडेमीको खेलकुद सप्ताह सम्पन्न

वीरगञ्ज । नेपाल कावेरी एकेडेमीद्वारा आयोजित खेलकुद सप्ताह सम्पन्न भएको छ । वल्र्ड अफ वन्डर्समा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै खेलकुद सप्ताहको समापन गरिएको हो । विद्यार्थीहरुको सर्वाङ्गिण विकासलाई मध्यनजर गर्दै विभिन्न खेलहरु समावेश गर्दै सप्ताहको आयोजना गरिएको थियो ।

मंगलबार आयोजित समापन समारोहमा विद्यार्थीहरुले मार्च पास प्रदर्शन गरेका थिए ।

Advertisement

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा ख्याती प्राप्त मार्शल आटर्स प्रशिक्षक रवि कलवार, स्पोर्टस् हाउस वीरगञ्जका प्रोमोटर सौरभ केडियालगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा खेलकुद सप्ताहमा आयोजित विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी निर्देशक आयुषी तुलस्यानले विद्यार्थीहरुको चौतर्फि विकासका लागि अध्ययनका साथसाथै खेलकुद पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका थिए ।

विद्यार्थीहरुको खेलकुदतर्फको आकर्षणलाई सम्बोधन गर्न विद्यालयका तर्फबाट आफूहरुले कुनै कसर बाँकी नराख्ने उनले धारणा व्यक्त गरे । “विद्यार्थीहरुको प्रतिभालाई प्रोत्साहन गर्न विद्यालयले कुनै कसर बाँकी राख्नुहुदैन,” उनले भने,“हामीले विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि सकेजत्ति गरिरहेका छौं।”

एकेडेमीको कक्षा पि.जी देखि १० सम्मका विद्यार्थीहरु खेलकुद सप्ताहमा सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *