Categories पत्रपत्रिका

ट्राफिक प्रहरी पर्साको अबैध असुली : जरिवाना गर्छन् रसीद दिंदैनन्

Advertisement

वीरगंज । चाडपर्वलक्षित प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनहरूको चेकजाँचमा तीव्रता ल्याए पनि यसमा प्रहरीले अवैधरूपमा रकम असुली गरिरहेको आरोप लागेको छ ।

दशैंपछि दीपावली र छठलाई लक्षित गरेर सवारी दुर्घटना न्यूनीकरणका लागि अहिले पोखरिया नगरपालिका र बहुदरमाई नपाको बहुअर्वाभाठा तथा वीरगंज महानगर अन्तर्गत तिलावे पुलमा ट्राफिक प्रहरी खटिएका छन् । उनीहरूले सवारीसाधनमा तोकिएभन्दा बढी मानिस सवार भएकामा रोक्ने, कागजपत्र चेकजाँच गर्ने जस्ता ट्राफिक नियम पालना गराउँदै आएका छन् । यसै क्रममा उनीहरूले नियम उल्लङ्घन गर्नेलाई जरिवाना गरेर राजस्व दाखिला गर्नुपर्नेमा सो कार्य नगरेको पाइएको छ ।

Advertisement

यो क्षेत्रबाट मोटरसाइकल, अटोरिक्शा, ईरिक्शाहरू अत्यधिक मात्रामा सञ्चालन हुन्छन् । त्यसमध्ये धेरैजनासँग सवारीचालक अनुमतिपत्र, सवारीधनीपत्र नरहेकामा त्यस्तालाई दण्ड, जरिवाना गर्दा रसीद नकाटेर नगद लिने गरिएको आरोप छ । जरिवाना गरेपछि नियमतः रसीद दिनुपर्नेमा दिने नगरिएको एकजना अटोरिक्शा चालकले बताए ।

Advertisement

चाडपर्वका बेला तोकिएभन्दा बढी यात्री राखेर सवारी सञ्चालन हुने गर्छ । विगतमा पनि चाडपर्वका बेला क्षमताभन्दा बढी यात्री चढाउने गरिन्थ्यो ।

ट्राफिक चेकजाँच नहुँदा ग्रामीण क्षेत्रमा सवारी नियमको उल्लङ्घन बढी हुने गरेको छ ।

सवारी नियम पालना नगरेका कारण सवारी दुर्घटनामा वृद्धि भएपछि अहिले पर्साका केही ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिए पनि अवैधरूपमा रकम असुली गर्ने विकृति मौलाएको सरोकारवालाहरूले गुनासा गरेका छन् ।

इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले अवैधरूपमा रकम असुलीको बारेमा आफूसमक्ष गुनासो नआएको र यसबारेमा अनुसन्धान गरिने र दोषी देखिनेलाई कारबाई हुने बताए । प्रतीक दैनिकबाट साभार

सांकेतिक तस्बिर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *